वीर अस्पतालको एक टिकट काउण्टरका कर्मचारीमा कोरोना भाइरस संक्रमण फेला परेको छ । टिकट काउन्टरमा कार्यरत एक कर्मचारीमा कोरोना भेटिएको अस्पतालले जनाएको छ ।
उनीसँगै काउन्टरमा रहेका अन्य ५ जना कर्मचारीको पिसिआर गर्ने तयारी भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिएका छन् । योसँगै वीर अस्पतालमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या आठ पुगेको छ । यसअघि आइतबार एक कर्मचारी पनि कोरोना पुष्टि भएको थियो ।
कर्मचारीहरु नै संक्रमित हुन थालेपछि सेवा सञ्चालन गर्न अप्ठ्यारो भएको निर्देशक सेन्चुरीले बताए । हालसम्म वीर अस्पतालको सबै सेवा चालु छ ।