काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
बिहान ९ बजेबाट सुरु हुने भनिएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको छ। ३ साउन पछि आज सचिवालय बैठक सुरु भएको हो ।
बैठकमा पार्टी भित्रको विवाद कसरी समाधान गर्ने विषयमा छलफल भइराखेको एक सदस्यले जानकारी दिए ।
आजको बैठकले नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने भएको छ ।
पार्टीभित्रको विवाद समाधानको उपाय सुझाउन शुक्रबार ६ सदस्यीय कार्यदल अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेका थिए। पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।
उक्त कार्यदलको वैधानिकताप्रति वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएपछि त्यसलाई सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको हो।
कार्यदलले शनिबारदेखि नै काम थालिसकेको एक नेताले जानकारी दिए ।