पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारर्थ काठमाडौंका एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ। काठमाडौंका ती पुरुषको आइतबार साँझ मृत्यु भएको कार्यालयका प्रमुख खगेश्वर गेलालले जानकारी दिए।
काठमाडौंबासी उनलाई स्वास्थ्यमा समस्या भएपछि साउन २० गते अस्पताल भर्ना गरिएको थियो। मृतक पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको जनस्वास्थ्य प्रमुख गेलालले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार दिँउसोसम्म कोरोनाबाट १ सय ४ जनाको मृत्यु भइसकेको जनाइसकेका छन् । धनुषामा थप एक कोरोना संक्रमितको निधन भएसँगै कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ । यसबारे आधिकारिक रुपमा भोली दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा जानकारी दिइनेछ ।