गत जेठ महिनायता नेपालमा ५ पटक पेट्रोलियम पदार्थको मुल्य बढेको छ ।
२०७७ साल जेठ १६ गते नेपाल आयल निगमले पेट्रोलको मुल्य ९६ डिजेलको मुल्य ८५ मट्टितेलको मुल्य ८५ तोकेको थियो । देश पुरै लकडाउनमा भएर पेट्रोलियम पदार्थको खपत लगभग सुन्य नै भएको थियो ।
असार १६ गते नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच, डिजेल र मट्टितेलमा प्रतिलिटर रु २ का दरले मुल्य बढाएर नयाँ मुल्य सार्वजनिक गर्यो ।
जसअनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय १ रुपैंया, डिजेल र मट्टितेलको मुल्य ८७ रुपैंया कायम भयो ।
मुल्य बढाएको १० दिनपछि फेरी असार २६ गते पेट्रोल डिजेल र मट्टितेलमा १/१ रुपैंया बढाएर नयाँ मुल्य कायम भयो ।
साउन महिनाको तेस्रो सातामा निगमले फेरी तीनवटै पेट्रोलियम पदार्थमा प्रतिलिटर रु २ बढाएर नयाँ मुल्य सार्वजनिक गरेको थियो ।
श्रावणको अन्तिम दिन नेपाल आयल निगमले एक सूचना जारी गर्दै राती १२ बजे अर्थात भाद्र १ गतेदेखि लागू हुने गरी नयाँ मुल्य तोकेको छ । निगमका अनुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १०५ रूपैयाँ र डिजेल तथा पेट्रोल प्रतिलिटर ९१ रूपैयाँमा बिक्री हुनेछ।
निगमले प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्ने भनेतापनि सो कार्यान्वयन हुन सकेको छैन ।
मिति | पेट्रोल | डिजेल | मट्टितेल |
---|---|---|---|
२०७७।०२।१६ | ९६ | ८५ | ८५ |
२०७७।०३।१६ | १०१ | ८७ | ८७ |
२०७७।०३।२६ | १०२ | ८८ | ८८ |
२०७७।०४।१७ | १०४ | ९० | ९० |
२०७७।०५।०१ | १०५ | ९१ | ९१ |