काठमाडौं उपत्यकामा तीन जिल्लामा सक्रिय संक्रमितको संख्या १७ सय २२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने स्थीति प्रतिवेदनका अनुसार आइतबारसम्म उपत्यकामा सक्रिय संक्रमितको संख्या १७ सय २२ पुगेको हो । यो संख्यामा कोरोनामुक्त भएर जानेको संख्या जोडिएको छैन् । उक्त संख्या पनि जोडने हो भने उपत्यकामा अहिलेसम्म संक्रमित हुनेको संख्या २ हजार नाघ्छ ।
काठमाडौं जिल्लामा १४ सय २९ भक्तपुरमा १ सय र ललितपुरमा १ सय ९३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
आइतबार मात्र काठमाडौं उपत्यकामा १ सय ७२ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घन्टाको अवधिमा भेटिएका कोरोना संक्रमितको आजको संख्या अहिलेसम्मकै बढी हो ।
कुन जिल्लामा कति तलको नक्शा हेर्नुहोस्