नेपालमा आइतबार ६ सय ४१ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका गत २४ घन्टामा देशभरका प्रयोगशालामा १२ हजार २ सय ४७ जनाको नमूना परिक्षण गर्दा ६ सय ४१ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरे ।
आज भेटिएका संक्रमितमध्ये महिलाको संख्या २ सय १८ रहेको छ भने पुरुषको संख्या ४ सय २३ रहेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
गत २४ घन्टामा १ सय ३४ जना कोरोना मुक्त भएर घर फर्केका छन् योसँगै कोरोना निको हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ भने थप २ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४ पुगेको पनि प्रवक्ता गौतमले जानकारी दिए ।