अर्काले यसो गर्या छ म पनि यस्तै गर्छु भन्ने मूर्खतापूर्ण विचारका साथ कहिले सम्म बाँचि रहने हामीहरूले ? के हाम्रो आफ्नो अस्तित्व छैन ? के हाम्रो आफ्नो स्वाभिमान छैन ? कहाँ हरायो हाम्रो आफ्नो बुद्धि-विवेक ? आफ्नो संस्कृतिलाई पंछ्याऊँदै अर्काकोलाई अंगाल्ने बानी आजै बाट छोडौं ।
तपाईहरुले देखिरहनु भएको होला आजभोली सबै कार र दुई पांग्रे गाडीहरुको हेडलाइट दिउसो पनि बलेकै हुन्छ । त्यसलाई बन्द गर्ने विकल्प नै हुँदैन । युरोपियन देशहरूमा वर्षको ९ महिना मौसम प्रष्ट हुँदैन, तर हाम्रो देशमा सधैं सफा मौसम हूंदा पनि “बत्ति बली रहने मूर्खतापूर्ण निर्णयलाई” लागू गरिएको छ ।
आठ महिनासम्म चिसोको कारण कोट-पेन्ट लगाउनु उनीहरूको बाध्यता हो, तर ४० देखि ४५ डिग्री सम्मको तापक्रम हुने तराईमा तातो गर्मीको दिनमा कोट लगाएर जन्ती जानु, के हाम्रो मूर्खता होइन र ?
कालो कपडाहरूलाई ऊष्माको राम्रो सुचालक मानिन्छ त्यसैले युरोपियन देशका वकिलहरूले कालो कोट लगाउँछन्, यो उनीहरूको बाध्यता हो, तर हाम्रो देशमा तातो गर्मीमा कालो कोट लगाउनु, के मूर्खता होइन र ?
ताजा खाना उपलब्ध नहुने भएकोले सडेको पिठोबाट पिज्जा, बर्गर, नूडल्सहरू आदि खान युरोपेलीहरुको बाध्यता हो, तर आफ्नै देशको माटोमा फलेको ताज़ा अर्गानिक फल तरकारीहरू छोडेर कुहिएको रोटी (पिज्जा) खान्छौं, के यो हाम्रो मूर्खता होइन र ?
ताजा खानाको अभावका कारण युरोपेलीहरु फ्रिजको प्रयोग गर्न बाध्य छन, तर सधैं बिहान बेलूकाको लागी ताजा तरकारी मन्डीमा उपलब्ध हुँदाहुँदै एक साताको तरकारी बजारबाट किनेर कोची-कोची फ्रीज़मा राखि त्यसलाई सडायेर खान्छौं, के यो हाम्रो मूर्खता होइन र ?
जडिबुटीहरुको ज्ञान न भएकोले जीव र जनावरहरूको मृत शरीरबाट औषधिहरू बनाउनु उनीहरूको बाध्यता हो, तर आयुर्वेद जस्तो उत्कृष्ट चिकित्सा ग्रन्थ हामीहरुसँग हुँदाहुँदै ती हाड, मासु र छालाबाट उत्पादित औषधिहरू प्रयोग गर्नु, के हाम्रो मूर्खता होइन र ?
पर्याप्त अनाज नपाएको कारणले, पशुहरूलाई मारेर खानु उनिहरुको बाध्यता हो, तर प्रकृतिले दिएका १६०० किसिमका बालीहरुको वरदान हामीहरुसँग हुँदाहुँदै केवल जिब्रोको स्वादका लागि कुनै जीवित प्राणीलाई मारेर खानु, के हाम्रो मूर्खता होइन र ?
दूध, दही, महि, लस्सी, जुस आदि नभएकोले उनीहरू चिसो पेय पदार्थ पिउन बाध्य छन् तर अनेकों प्रकारका पौष्टिक पेय पदार्थ हामीहरुसँग हुँदाहुँदै कोल्ड ड्रिंक भनिने यो विष पिएर आफूलाई आधुनिक ठान्दै माचिने, के यो हाम्रो मूर्खता होइन र ?
रूख-बिरुवाहरु र वनस्पति भन्दा रासायनिक प्रक्रियाबाट टूथपेस्ट बनाउनु, चिसोबाट जोगिन छालामा क्रीम लगाउनु उनीहरूको बाध्यता हो तर पर्याप्त वनस्पति हुँदाहुँदै कृत्रिम तरिका अपनाउनु, के हाम्रो मूर्खता होइन र ?
गुड र खण्ड बनाउने असक्षमताको कारण तिनीहरू चिनी प्रयोग गर्न बाध्य छन्, तर हामी हाम्रो मौसम र जलवायुको विपरित चीनी र रिफाइंड खाएर बीरामी हुँदैछौं, के यो हाम्रो मूर्खता होइन र ?
फल, तरकारी र औषधिहरु फल्ने रुख बिरुवाहरू रोपौं , स्वच्छ, ताज़ा र पौष्टिक खाऊँ, आयुर्वेदलाई जोगाऔं, आफ्नो संस्कृतिलाई बचाऔं, आफ्नो देशलाई बचाऔं ।
जय आयुर्वेद, जय नेपाल ।