कुनैपनी देशमा छुवाछूत वा बिभेदको अन्त्य गर्न सर्बप्रथम ती देशको नागरिकको आर्थिक बिकास गर्न जरुरी हुन्छ ।
जुन देशको नागरिकको आर्थिक अवस्था कमजोर छ ती देशहरूमा कहिँ जातीयताको आधारमा, कहि वर्णको आधारमा, कहि धर्मको आधारमा त कहि लिंगको आधारमा भेदभाव वा विभेद भएको हुन्छ ।
त्यसैले यी छुवाछूत वा बिभेदको अन्त्य गर्न पहिले देशको नागरिकको आर्थिक बिकास गर्न आबश्यक पर्छ ।
अब कुरा उठ्ला छुवाछूत वा विभेद त धनीले गर्ने गरेकी पाइन्छ त किन ? हो प्राय जसो विभेद धनीबाटै भएको पाइन्छ । त्यसको लागि राज्यले देशको नागरिकको आयस्तर बिच भएको ग्याप भर्नु आवश्यक पर्छ । निम्न आय भएको नागरिक र उच्च आय भएको नागरिक बीचको ग्याप भर्ने कार्य राज्यले गर्नु जरुरी छ ।
जब सम्म केही नागरिकको आय निम्न त केही नागरिकको आय उच्च भएको अबस्थामा पनि बिभेदको अन्त्य हुन मुस्किल पर्दछ । त्यसैले राज्यले आफ्ना नागरिकहरुलाइ सीप सिकाएर वा शिक्षा प्रदान गरेर नागरिकलाई कुनै त कुनै पेशामा आवद्ध गराएर जिवनस्तर उकास्ने गर्नुपर्दछ ।
जब देशको नागरिकको आयस्तर बढ्दै जान्छ तब अटोमेटिक बिभेदहरुको अन्त्य क्रमश हुदै जान्छ ।