नेपालमा बिहिबारसम्म कोरोना भाइरस (कोभिड-१९) का कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ज्यान गुमाउने ९५ जनामध्ये ७३ जना पुरुष हुने भने २२ जना महिला छन् ।
मन्त्रालयले आज ज्यान गुमाउनेको प्रदेशगत विवरण पनि सार्वजनिक गरेको छ ।
प्रदेश १ मा ८ जना पुरुष, प्रदेश २ मा २८ पुरुष र ११ महिला गरी जम्मा ३९ जना, बाग्मती प्रदेशमा १३ पुरुष र ५ महिला गरी जम्मा १८ जना, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष र ३ महिला गरी जम्मा १२ जना, सुदुरपश्चिम प्रदेशमा ४ पुरुष र कर्णाली प्रदेशमा ५ पुरुष र ३ महिला गरी जम्मा ८ जनाको निधन भइसकेको छ ।
हेर्नुहोस् तालिका
प्रदेश | पुरुष | महिला | जम्मा |
---|---|---|---|
प्रदेश १ | ८ | ० | ८ |
प्रदेश २ | २८ | ११ | ३९ |
बाग्मती प्रदेश | १३ | ५ | १८ |
गण्डकी प्रदेश | ६ | ६ | |
प्रदेश ५ | ९ | ३ | १२ |
सुदुरपश्चिम प्रदेश | ४ | ४ | |
कर्णाली प्रदेश | ५ | ३ | ८ |
जम्मा | ७३ | २२ | ९५ |