स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका –३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पुजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।
स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दै गर्दा बुधवार अपरान्ह चिसापानीमा बालिकाको मृत्यु भएको उनका फुपाजु शंकरदत्त भट्टले बताए ।
मृतक पुजाका बुवा रोजगारीको शिलशिलामा विदेश रहेका छन्। उनलाई उपचारका लागि आमा र हजुरबुवाले धनगढी पुगाएका थिए।