अदुवा सर्वप्रथम चीनमा प्रयोग भएको थियो । यसलाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग भएका लामो इतिहास छ । अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा प्रयोग गर्न सकिन्छ ।
यसले पाचन शक्ति बढाउनुका साथै वाकवाकीलाई रोक्ने रुघाखोकी लाग्ने समस्याबाट बचाउँछ । अदुवालाई अंग्रेजीमा जीन्जर भनिन्छ । हाम्रो भान्छामा नछुट्ने र औषधीको गुण भएको अदुवाका फाईदाबारे पक्कै पनि थाहा पाउनुभएकै होला ।
अदुवाको प्रयोगबाट हाम्रो स्वास्थ्यमा धेरै फाईदाहरु पुग्छ । रुघाखोकी लाग्दा, दम र गहिरो खोकीमा , चिसोका कारण भएको बाथ र कम्मर दुखेमा, बान्ता भएमा , ज्वरो आएको बेला पेटमा ग्यास भरिएको अवसथमा सास गनाउने समस्या भएकोमा, भोक नलागेमा वा पेट सफा नभएमा अदुवाको प्रयोग गरिन्छ ।
त्यसैले यस्ता केहि समस्या हुनेहरुले अदुवाको प्रयोग गर्न नहुने चिकित्सकको भनाई छ।
१ . अदुवा धेरै सेवन गर्दा रगतमा सुगरको मात्रा बढ्ने हुँदा मधुमेहका बिरामीहरुले पनि अदुवा खानु हुँदैन ।
२. पेटको समस्या छ भने अदुवा सेवन गर्नु हुदैन । अदुवाले शरीरमा एसिडको मात्रा बढाउने हुँदा समस्या बल्झन्छ ।
३ . महिलाहरुलाई महिनावारीको समस्या छ भने पनि अदुवा सेवन गर्नु हुँदैन । रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ ।
४. उच्च रक्तचापका बिरामीले पनि अदु्वा खानू हुँदैन ।
५. गर्भवतीले पनि अदुवा नखाँदा नै ठीक हुन्छ । पछिल्लो तीन महिना त झनै अदुवा खानुहुँदैन ।
६ . तौल बढाउन चाहनेले पनि अदुवा नखाएको राम्रो ।
औषधि सेवन गरिरहेकाले पनि सकभर अदुवा खानूहुँदैन । किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।