कपिलवस्तुमा सशस्त्र प्रहरीले २४ लाख ५० हजार अवैध भारतीय रुपैयाँ बरामद गरेको छ ।
अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले कृष्णनगर सीमा क्षेत्रबाट सो रकम बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ सीमा नाकाबाट लुकिछीपी कृष्णनगर प्रवेश गर्न लागेको एक व्यक्तिलाई शंका लागि खानतलासी गर्न खोज्दा सो भारतीय रुपैया बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्कीले जानकारी दिए ।
शुरुमा झोलामा सेनेटाईजर र औषधि छ भनी छुक्याएका ति व्यक्ति सशस्त्र प्रहरीले शंका लागि थप चेकजांच गर्न खोज्दा झोला छोडेर भागेको प्रहरीले जनाएको छ । झोलामा पाँच सय दरका ५९ वटा सय–सयको नोटका मुठा फेला परेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले बरामद भएको रकम राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको छ । केही दिन अघि सशस्त्रले नैसीमा क्षेत्र चाकरचौडा नजिक एक ब्यक्तिवाट १६ लाख नेपाली रुपैया बरामद गरेको थियो ।