सरकारले होटल तथा रेष्टुराँमा बसेर खान नपाइने नियम ल्याएको छ ।
यसअघि गएको साउन ५ गतेको बैठकले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको थियो । तर सामाजिक दुरी पालना नगरेको, भिडभाड गरेको र कोरोनाबाट बच्नको लागि अपनाउने उपाय नअपनाएकाले होटल तथा रेस्टुरेन्ट बन्द गर्ने निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले होटल तथा रेष्टुराँबाट कोरोनाको जोखिम बढेको भन्दै अब ‘टेक अ वे’ मात्रै लागु हुने बताए । त्यस्तै उनले धार्मिक तथा सामाजिक स्थल, चिडियाखाना लगायतका क्षेत्र अझै नखुल्ने जानकारी दिए ।
यस्तै अब फुटपाथका व्यापार र कवाडी सङ्कलन पनि बन्द हुने भएका छन् । फुटपाथमा व्यापार, कवाडी सङ्कलन कार्य गर्दा कोरोना रोकथामका सामान्य उपाय पनि नअपनाएकाले ती क्रियाकलाप बन्द गर्न सरकारले निर्देशन दिएको छ । यसको लागि सम्बन्धित पालिकाले समन्वय गर्नेछन् ।