कोरोना महामारीको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ ।
सरकारका प्रवक्ता युवराज खतिवडा अनुसार अर्को सूचना जारी नभएसम्मका लागि शैक्षिक संस्था बन्द गरिएको हो ।
प्रवक्ता खतिवडाले मंगलबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै शैक्षिक संस्था, सैलुन, पुस्तकालय, सेमिनार, पार्टी प्यालेस अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने निर्णय भएको जानकारी दिए ।
काठमाडौं उपत्यका र दुई सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिइने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउनका लागि पनि उनले आग्रह गरेका छन् ।
यसका साथै उनले सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनका लागि आग्रह गरेका छन् ।