वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवा अनिश्चितकालको लागि बन्द गरिएको छ ।
प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुमा कोरोना संक्रमण हुन थालेको साथै विरामीहरुको पिसिआर रिपोर्ट पनि पोजेटिभ आउन थालेपछि ओपिडी सेवा बन्द गर्ने निर्णय गरिएको हो ।
प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहलले एक सुचना जारी गर्दै ओपिडी सेवा भोली(साउन २८) गतेदेखि अर्को सुचना नभएसम्मलाई पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको जनाएका छन् ।
धरानमा एक हप्ताको लागि लकडाउन गरिएको र प्रतिष्ठानभित्रै पनि कोरोना संक्रमण देखिएकोले ओपिडी बन्द गर्नुपरेको सुचनामा उल्लेख छ ।
पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दो क्रममा छ ।