मेघा बैंक विराटनगरका अप्रेशन इन्चार्जमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर जलजला चौक पूर्व रहेको बैंकको शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बैंकका मेनेन्जर दिपेशजंग थापाका अनुसार ६ जनाको स्वाब संकलन गरिएकोमा पीसीआर परीक्षणमा एकजनामा पोजेटिभ देखिएको जानकारी दिए । संक्रमित व्यक्ति विराटनगर–११ निवासी हुन् ।
पछिल्लो समय बैंकमा कार्यरत कर्मचारीहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ । हिजोमात्रै एभरेष्ट बैंकको मुख्य कार्यालयमा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको थियो ।