
काठमाडौ । बाँकेको नेपालगन्जमा नाली खन्ने क्रममा फेला परेको भगवान शिवको मुर्ती चोरी भएको छ । नेपालगन्जको वडा नं ७ मा ३ महिना पहिले नाली खन्ने क्रममा शिवको मुर्ती फेला परेको थियो । शिवको वहुमुल्य अष्टधातुको मुर्ति चोरी भएको छ । स्थानियका अनुसार आज मंगलबार बिहानै ३ बजेतिर मुर्ति चोरी भएको हो । करिब तीन महिनाअघि रामजानकी मन्दिर छेउमा बाटो बनाउने क्रममा सो मुर्ति फेला परेकोे थियो ।
फेला परेको सो शिवको मुर्ति मन्दिरमा स्थापना गरिएको थियो । मन्दिरमा सहजै छिर्न सक्ने कुनै बाटो नभएकाले चोरीको घट्ना रहस्यमय बनेको छ । प्रहरीले घट्नास्थलको प्रारम्भिक अनुसन्धान गर्दा चोरी हुनसक्ने आधार नदेखिएकोे जनाएको छ ।
नाला खन्दा ६ किलो चाँदीको शिव मूर्ति भेटिएपछि स्थानीय हर्षित…
तीन महिना पहिला नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल समशेर रााणाले फेसवुकमा शिवको मुर्ती देखाउँदै त्यसवारे जानकारी दिएका थिए । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं ७ स्थित नाला खन्ने क्रममा दुईमिटर गहिरो खाुल्डोमा २ फुट बराबरको शिव भगवानको मुर्ती फेला परेको भन्दै उनले सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी गराए पछि स्थानियको भिड लागेको थियो ।
मुर्ती फेला परेको स्थानमा स्थानियले पुजा गरेर एउटा मन्दिरमा स्थापित गरेका थिए । नाली खनेको स्थानवाट मुर्ती निकालेर मेयर धवलले तस्बिर लिएका छन् । मुर्ती फेला परेको स्थानमा स्थानियले पुजा गरेको पनि तस्बिरमा देख्न सकिन्छ ।
स्थानिय स्तरको विकासका काममा मेयर धवलले प्रत्यक्ष सहभागीता देखाउने गरेका छन् । केही दिन अघि उपमहानगरपालिकामा वोटविरुवा संरक्षणका लागि राखिएको ट्रि गार्ड उठाउँदै गरेको तस्विर सार्वजनिक भएको थियो । हावा हुरीले ढलाएका ट्रि गार्ड मेयर धवलले आफै उठाउँदै हिडेका थिए । नेपालगञ्जमा सौन्दर्यकरण र हरियालीका लागि फोरलेन सडकको बीचभागमा फुलका विरुवा र रुखका संरसंणका लागि ट्रि गार्ड लगाइएको हुन् ।