
चीनको सिनोवैक बायोटेक लिमिटेडले मंगलबार (आज) कोभिड–१९ भ्याक्सिनको ह्युमन ट्रायल (मानव परीक्षण) को अन्तिम चरणको सुरुवात गरेको छ । यस भ्याक्सिनको ट्रायल इन्डोनेसियामा १ हजार ६ सय २० जना संक्रमितहरुमाथि गरिने भएको छ ।
चीनले यस भ्याक्सिनलाई इन्डोनेसियाको सरकारी कम्पनी बायो फर्मासँग मिलेर बनाइरहेको हो । यस अगाडि पनि सिनोवैकले जानकारी दिदै भनेको थियो, ‘ट्रायलको दोस्रो चरणमा भ्याक्सिन सुरक्षित पाइयो । र, विरामीहरुको एन्टिबडी आधारित इम्यून रेस्पोन्स पाइएको छ ।’
‘कोरोना वैक’ नामक यस भ्याक्सिनको असरको बारेमा सबुत जुटाइरहेको पनि जनाइएको छ । यस ‘कोरोना वैक’को अन्तिम स्तरको परीक्षण पहिलेदेखिनै ब्राजिलमा चलिरहेको छ । साथै, सिनोवैकले यस भ्याक्सिनको परीक्षण बंगलादेशमा पनि गरिने जनाएको छ ।