
काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज ११ अगष्टका दिनदेखि ३५ वर्षकी भएकी छन् । ज्याकलिनले यो वर्षको आफ्नो जन्मदिन साथीहरुसँग श्रीलंकामा सेलिब्रेट गरेकी छन् ।
ज्याकलिनको जन्म ११ अगष्ट १९८५ मा बहरिनमा भएको थियो । ज्याकलिनले सन् २००६ मा मिस श्रीलंका युनिभर्सको उपाधि समेत चुमेकी थिइन् ।
उनको पालन पोषण कोलम्बो शहरमा भएको थियो । उनी सन् २००९ मा भारत आएकी थिइन् । मोडलिङ गर्ने उदेश्यका साउ उनी भारत आएकी थिइन् । सोही क्रममा उनलाई सुजय घोषले ‘अलादीन’ फिल्मको लागि अफर गरेका थिए । यो फिल्ममा काम गर्न सहमत भएकी थिइन् ज्याकलिन ।
बलिउडमा ज्याकलिनको यो पहिलो फिल्म थियो । तर, सलमान खानको फिल्म ‘किक’बाट उनी चर्चामा आएकी अभिनेत्री हुन् । त्यसपछि उनले लगातार ठूलो पर्दामा कमाल गरिरहेकी छन् ।
अभिनेत्री ज्याकलिन सोसल मिडियामा निकै सक्रिय छन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत उनी आफ्नो साथीहरुसँग जोडिएकी छन् । यसै क्रममा उनको बर्थडे सेलिब्रेशनको केही तस्वीरहरु बाहिरिएको छ ।