
राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स ह त्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ ।
रोल्पाका कृष्ण बहादुर बोहराको ह त्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । ह-त्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार मृत-क बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।
मृतकले कल्पनाको अन्त-रंग तस्विरहरु राखी फेक फेसबुक आइडी खोली चलाउने गरेको र आफू अनुकुल चल्नको लागि दबाब दिने गरेको समेत पाइएको छ । प्रहरीका अनुसार शनिबार मात्रै बोहरा आफू बसेको होटलबाट बा ७२ प ५६४४ नंम्बरको स्कुटी प्रयोग गरी कल्पनाको कोठामा पुगेका थिए । सोही क्रममा कल्पनाले कृष्णबहादुरलाई दही, चिउरा, मासु र भोड्का खुवाएको खुलेको छ ।
दहीमा कल्पनाले ५ वटा निन्द्राको औषधी मिसाएको पाइएको छ । खानेकुरा खाएपछि बोहोरालाई लठ्ठ परी सुतेको मौकामा फलामको मारतोल (ह्याम्मर) ले मृ-तकको अ-ण्डकोषमा प्रहार गरेको खुलेको छ ।
त्यसपछि मृ-तकलाई सलको प्रयोग गरी घा-टीमा थि चेको र मरेको यकीन गरेको पाइएको छ ।
प्रहरीका अनुसार त्यसपछि कल्पना आफैले धा-रिलो हति-यार प्रयोग गरी टाउको र खुट्टा छिनाई झोलामा राखी आफैंले फालेकी थिइन् । श वको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्कीएकी थिइन् ।
ह त्यापछि बेलुकी बिरामी लिएर काठमाडौं आई फर्किन लागेको चिनेजानेको एम्बुलेन्स ड्राइभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन गएको पाइएको छ । अनुसन्धानको क्रममा कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र उनकी छोरी श-व व्यवस्थापनमा संलग्न रहेको खुलेको हो ।
प्रहरीले घटनामा प्रयोग भएको धा-रिलो ह तियार, हिर्काउन प्रयोग भएको ह्या म्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको स ल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु,स्लिपिङ ट्यावलेटको खोल र मोबाइल सेटहरु बरामद गरेको जनाएको छ ।