
भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चालाई जन्म दिएकी छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया सिता लोप्चनले पाँच केजी तौल भएको बच्चा (छोरी)लाई जन्म दिएकी हुन् ।
सुरुमा भिडियो एक्स-रे गर्दा बच्चाको तौल साढे ४ किलोभन्दा बढी देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने निर्णय गरेका थिए। अन्तर्राष्ट्रिय मान्यता अनुसार भिडियो एक्स–रे गर्दा साढे ४ किलो भन्दा बढी तौलको बच्चा देखिए उसलाई प्राकृतिक नभएर शल्यक्रियामार्फत जन्म दिनुपर्छ ।
सोमबार विहान करिब ९ बजे शल्यक्रियामार्फत सपा लोप्चनले बच्चा (छोरी) लाई जन्म दिएकी हुन् ।