
गोंगबुको नयाँ बसपार्कस्थित गणेशस्थानमा सुटकेशमा भेटिएको श वको पहिचान खुलेको छ ।
गोंगवु गणेशस्थानस्थित सडकमा श व टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा प्रहरीले आइतबार फेला पारेको थियो ।
सुटकेशमा भेटिएको श व काठमाण्डौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

आइतबार बिहान गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।