
काठमाडौं । काठमाडौं उपत्यकामा सोमाबार थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा ३६ जना र ललितपुरमा ४ जना र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
सोमबार देशभरमा ३ सय ३८ जना संक्रमित भेटिएका छन् । पछिल्लो समय देशका अन्य क्षेत्रहरु भन्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निकै उकालो लाग्दै गएको छ । मन्त्रालयले संक्रमितहरु थपिएको पुष्टि गरे पनि संक्रमितहरुको ठेगाना भने खुलाएको छैन ।