
गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको र ३३८ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।
यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २३,३१० पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,७३८ जनामा सक्रिय सङ्क्रमण छ भने १६,४९३ जना भाइरसमुक्त भएका छन्।
गएको पाँच दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ छ।