
काठमाडौं । काठमाडौं महानगरपालिका–३५स्थित कोटेश्वरको असर्फी टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सिल गरिएको छ ।
उक्त टोलमा साउन १८ यता १७ जनामा कोरोना पुष्टि भइरहेको छ ।
शुरुमा किराना पसले ४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि आसपास घरमा बस्नेहरुको स्वाब संकलन गरि परीक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार १३ जनामा कोरोना पुष्टि भएकामध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ । तीन जनालाई भने उनीहरूकै घरमा राखिएको वडा कार्यालयले जनाएको छ ।
सुरुमा किराना पसलेहरुमा कोरोना संक्रमण देखिएसँगै उनीहरुका सामान किन्न आउनेहरुको परीक्षण गर्दा कोरोना देखिएको हो ।
वडाको पहलमा ४० जनाको स्वाव संकलन गरि परीक्षणका लागि पठाइएको मध्ये अहिलेसम् १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने केहीको रिपोर्ट आउन बाँकी छ । रिपोटमा थप संक्रमित हुनसक्ने अनुमान गरिएको छ ।
१७ जनामा संक्रमण देखिएपछि थप नफैलियोस् भन्नका लागि उक्त टोलमा सिल गरिएको छ ।
टोल प्रवेश गर्ने नाकामा ‘कोरोना संक्रमित क्षेत्र प्रवेश निषेध’ लेखिएको ब्यानर टाँगिएको छ ।