
काठमाडौँको कालिकास्थानमा रहेको अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए ।
महानिर्देशक केसीले विभागका सबै ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा एक जना कर्मचारीमा मात्र पोजिटिभ रिपाेर्ट प्राप्त भएकाे बताए ।
एक कर्मचारीमा कोरोना देखिएसँगै विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको छ ।
कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेश निषेध गरिएको छ ।
विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित भइरहेको छ ।