
काठमाडौंको कोटेश्वरमा एक किराना पसलबाट अन्य व्यक्तिमा कोरोना फैलिएको *आशंका गरिएको छ ।
साउन १८ गते कोटेश्वरमा किराना पसल सञ्चालकको परिवारको तीन जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो।
काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को वडा सदस्य हिरादेवी पोखरेलका अनुसार वडाको पहलमा एक सय ४० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएकोमा अहिलेसम्म १३ जनामा कोरोना पुष्टि भएको छ भने अन्यको रिपोर्ट आउन बाँकी नै छ।
थप संक्रमण नफैलियोस् भनेर काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोल सिल गरिएको छ ।
कोरोना देखिएका अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू हुन्। उनीहरु किराना पसलमा समान किन्न जाने ग्राहक हुन्। तीमध्ये धेरै मजदुरी गरेर जिविकोपार्जन गरिरहेका छन् ।
तर त्यही पसलबाट नै फैलिएको हो भनेर ठोकुवा गर्न सक्ने कुनै आधार भने छैन । किनभने काठमाडौंमा ट्राभल हिस्ट्री नै नभएका व्यक्तिहरुमा पनि कोरोना देखिएको हुनाले अन्यत्रबाट पनि कोरोना सरेको हुनसक्छ । त्यसैले सबैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयार पारेको मापदण्ड पालना गरौं । भिडभाडमा नजाऔं सामाजिक दुरी कायम गरौं । मास्क राम्रोसँग लगाउँ र बेलाबेलामा साबुनपानी नभए स्यानिटाइजर हात धुने बानी बसालौं ।
* सच्चाइएको