
सुशान्त सिंह राजपुत केस सिबिआइको हातमा परेदेखि नै केससँग जोडिएका कैयौं कुराहरू बाहिर आइरहेका छन्। उनका फ्यानहरूलाई अब अन्तिम रिजल्टको पर्खाइ छ। किन र कसरी सुशान्तमाथि के आइपर्यो? दोषी आखिर को हो त? यत्ति जान्न सबै उत्सुक छन्।
यसैबीच सुशान्तका पूर्व म्यानेजर अंकित आचार्यले सुशान्तको ह-त्या उनकै कुकुर फजको बेल्टले घाँटी थि चेर गरिएको दावा गरेका छन्। यो बयान वास्तवमै भयानक छ। सुशान्त पूर्वप्रेमिका अंकिताका अनुसार, उनी हर समय चौबीसै घन्टा सुशान्तको साथमै हुन्थे। उनी सुशान्तलाई राम्रोसँग चिन्दछन्, बुझ्दछन्। त्यसैले उनी सुशान्तले आत्मह-त्या गर्न सक्ने कुरा मान्दैनन्।
सुशान्तको ह-त्या उनकै पेट डग फजको बेल्टले घाँटी थि चेर गरिएको दावा गर्ने अंकितले अरू धेरै कुराहरूको खुलासा गरेका छन्। भारतीय मिडिया पिंक भिल्लासँग कुराकानी गर्दै अंकित भन्दछन्, “मैले सुशान्त भैयालाई राम्रोसँग चिनेको छु। उनी यस्तो काम गर्नै सक्दैनन्। म दावाका साथ भन्छु यो ह-त्या हो। जब मान्छेले झु न्डिएर आत्मह त्या गर्छ, तब उसको घाँटीमा अङ्ग्रेजी अक्षर यु आकारको (U) धर्को बस्दछ। तर सुशान्तको केसमा यस्तो थिएन।
उनको घाँटीमा अङ्ग्रेजी अक्षर ओ आकारको (O) धर्का पाइएको थियो। यस्तो कसैले कसैको घाँटी थि च्दा मात्र हुन्छ। आत्मह त्या गर्दा यस्तो आकार बस्दै बस्दैन। अर्को कुरा जब कसैले आफ्नो ज्यान लिन्छ त्यतिबेला निजको आँखा वा जिब्रो बाहिर निस्किन्छ। तर सुशान्त भैयाको यस्तो भएन। मसँग त्यसबेलाका यस्ता थुप्रै फोटोहरू छन्, जसले उनको ह-त्याको वकालत गर्छ। त्यसैले यो ह-त्या नै हो। उनको ह-त्या उनकै कुकुर फजको बेल्टले घाँटी थि चेर गरिएको हो। अब म खुसी छु किनभने यो केस सिबिआइको हातमा छ। म चाहन्छु, चाँडै नै ह-त्यारा पत्ता लागोस् र उसले फाँ-सीको सजाय पाओस्।”
सुशान्तका पूर्व म्यानेजरको बयान वास्तवमै दुखद छ। सिबिआइको अन्तिम नतिजा हेर्न भने बाँकी नै छ।