
काठमाडौं । भारतीय विदेशमन्त्री एस जय शंकरले गौतम बुद्ध र महात्मा गान्धी भारतका दुई महान व्यक्ति भएको बताएका छन्।
शनिवार एक भिडियो गोष्टिमा भारतीय विदेशमन्त्री जयशंकरले गौतमबुद्धलाई भारतीय नागरिक भनेका हुन। मन्त्री जयशंकरले महात्मा गान्धी र गौतम बुद्ध विश्वले सम्झिरहने दुई महान भारतीय नागरिक रहेको बताए।
भगवान गौतम बुद्ध नेपाली नभई भारतीय रहेको विदेशमन्त्री जयशंकरको भनाई थियो।
नेपालको लुम्बिनीमा जन्मेका भगवान गौतमबुद्धबारे भारतले आफ्नो भूमीमा बुद्धत्व प्राप्त गरेको भनेर गलत प्रचार गर्दै आएको छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध भारतीय हुन भनेपछि नेपाल लागतका देशबाट विरोध भएको थियो।
#IndiaAt75Summit@DrSJaishankar
Gautam Buddha and Mahatma Gandhi are the two greatest Indians that the world remembers.
(On India being a moral leader in the world) #Buddha #MahatmaGandhi@FollowCII https://t.co/waqapoyUN7 pic.twitter.com/h609HYX2aS— Geeta Mohan گیتا موہن गीता मोहन (@Geeta_Mohan) August 8, 2020