
नेपाल विद्युत प्राधिकरण को कार्यकारी निर्देशक को जिम्मेवारी जब कुलमान घिसिङ ले समहाले तब यो देश का लाखौँ विद्यार्थी ले लाल्टिन बालेर पढ्ने समस्या बन्द भयो, कुलमान घिसिङ विद्युत प्राधिकरण मा आउनु भन्दा पहिला उज्ज्यालो को दिप बालेर मनाउने दीपा वली / तिहार दसौं जस्ता चापर्वहरु कयौ साल अन्धकार मा मनाइयो , कल कारखाना हरु ले समय मा चल्ने थिएनन यसको सास्ती जनता ले भोग्नु पर्थ्यो, कयौ ले सुखा सँग बिहान बेलुका को खाना पकाएर खाना पकाएर खान धौ हुन्थ्यो ।
नेपाल विद्युत प्राधिकरणले ले अरबौं खराबै रुपैयाँ घाटामा चुर्लुम्म डुबेका थियो , यसको भार नेपाल सरकार लाई थियो , नेपाल का कयौ ठाउँ मा विद्युत पुगेको थिएन ।
यस्ता सयौ लाखौं समस्या भोगेका हामी नेपाली, जब कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण को कार्यकारी निर्देशक को कुर्चिमा बसेर निस्वार्थ भावना ले आफ्नो पद को सदुपयोग गरी राष्ट्रभक्ति बनेर काम गरे सारा नेपाली समस्या लाई सजिलै समाधान गरिदिए ।
नेपाल सरकारले २०७३ भदौ २९ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ११ तहका कुलमान घिसिङलाई नियुक्त गरेको थियो । लोडसेडिङ अन्त्य र दिगो विद्युत विकासलाई गति दिने लक्ष्यले सरकारले उनलाई नियुक्त गरेको थियो ।
सरकार ले सोचेको भन्दा कयौ गुण राम्रो काम गरेर देखाएका थिए नेपाली जनता र देश का लागि कुलमान घिसिङ ले अनि नेपाली जनता की प्रिय भए कुलमान घिसिङ , त्यसैले हामी सबै ले आवाज उठाऊ र दोश्रो कार्यकाल पनि कुलमान घिसिङ लाई बनाऊ ।
कुलमान घिसिङ को बारेमा भन्नु पर्दा रामेछापको बेथानमा २०२७ मंसिर १० मा जन्मिएका घिसिङ विगत २० वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत छन्। पाँच कक्षासम्म बेथानमै पढेका उनले ६ कक्षापछि काठमाडौं आएर बानेश्वरको अमर आदर्श बोडिङ स्कुलमा पढेको हुन्। उनले सोही स्कुलबाट २०४३ सालमा एलएलसी पास गरेका थिए।
लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका उनले त्यसपछि छात्रवृतिमा भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा विएस्सी गरेका छन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका थिए।
२०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सेवा सुरु गरेका उनले झन्डै २० वर्षको अवधिमा प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन्। चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए। रसुवागढी, मध्यभोटेकोसी, सान्जेन माथिल्लो सान्जेन अघि बढाउन उनले विशेष भूमिका खेलेका थिए।
तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले हस्तक्षेप गरेपछि उनलाई २०७१ साउनमा घिसिङलाई प्राधिकरणमा फिर्ता बोलाइएको थियो। २०७१ असोजमा उनी प्राधिकरणको ११औं तह अर्थात निर्देशकमा बढुवा भएका थिए। निर्देशक भएपछि उनी राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारीमा थिए।
हाम्रो देश लाई चाहिने व्यक्ति जो कुलमान घिसिङ जस्तै हुन जो उहाँ मा उच्च शिक्षा क्षमता निस्वार्थ अनि राष्ट्रभक्ति सबै कुरा अव्वल छ , अब यदि कुलमान घिसिङ लाई नै हामी ले नेपाल विद्युत प्राधिकरण को कार्यकारी निर्देशक को दोश्रो कार्यकाल मा पनि राख्न पायौं भने , देश को लागि पनि आर्थिक वृद्धि हुने छ नेपाल विद्युत प्राधिकरण बाटो , नेपाल धनि पनि बनाउने एक पाटो रहने छ , किन कि नेपाल यस्तो यस्तो देश हो , विश्व कै दोश्रो जलश्रोत को धनि देश मानिन्छ
हाम्रो देश का मन्त्री प्रधानमंत्री ले अरबौँ घुस खाएको हामी नेपाली ले प्रतक्ष्य देखेका छौं, तर त्यही मन्त्री प्रधानमंत्री वारम्वार हुने गर्छन्, भने देशको जनता को लागि महान प्रिय बनेका कुलमान घिसिङ दोश्रो कार्यकाल किन न हुने सबैले पहल गरौ आवाज उठाउ मन परे यो पोस्ट अत्याधिक सेयर गरौं ।
धन्यवाद
लेखक : Kashi Jetly
घर : पोखरा महानगर १४ कास्की
हाल : ओमान (प्रदेश )
यो भनाई निजको फेसबुकबाट लिइएको हो ।