
म अफिसमा थिए श्रीमतीजी को माइत जाने दिन थियो फोन गरेर भनिन ‘म माइत हिँडे आफ्नो ख्याल गर्नु’ । जब साँझ घर पुगे टिभीमा एउटा पर्ची चप्काइएको थियो जस्मा लेखिएको थियो ।
१. साथीहरूलाई घर बोलाएर घरलाई कवाड खाना बनाउने काम नगर्नु अगिल्लो पल्ट ४ वटा खाली बोतल सोफाको मुनि सफा गर्दा भेटेको थिए ।
२. खाना सकेसम्म घरमै बनाउनु अल्छी लागे होटेल मा खाएर आउनु बाहिर बाट घरमा रेलाएर दुनियालाइ जम्मा गरेर नखुवाउनु अगिल्लो पल्ट खाटको मुनि पिज्जा को ४ वटा बिल भेट्टाएको थिए।
३. चस्मा ऐना झुन्डाएको किलामा झुन्डाइदिएको छु अगिल्लो पल्ट फ्रिज मा भेटेको थिए।
४. काम गर् नि केटीको तलब दिइसकेको छु फोकट मा सोधी सोधी माया जताउनु पर्ने जरुरत छैन।
५. बिहान बिहान उठेर छिमेकी हरूलाई डिस्टर्ब गरी गरी पत्रीका आयो की आएन सोध्नु जरुरी छैन हाम्रो पेपर वाला अरूभन्दा अलग छ अनि दूध अनि लौन्ड्री वाला पनि…।
६. तपाईँको अन्डरवेयर दराज को तल्लो ड्रोएर मा राखिदिएकी छु छोरा हरुको माथिल्लो ड्रोएर मा छ अगिल्लो पल्ट जस्तो छोराको कट्टु लगाएर नहिँड्नु।
७. तपाइको सबै रिपोर्ट नर्मल छ। पटक पटक त्यो लेडि डक्टर कोमा जानुपर्ने कुनै जरुरत छैन।
८. मेरो बैनी अनि भाउजूको जन्मदिन अगिल्लो महिना गइसको राती फोन गरी गरी विस गर्नुको कुनै अर्थ छैन फोन नगर्नु।
९. वाई फाइ को पासवर्ड चेन्ज गरिदिएकी छु राती चाडै सुत्नु।
१०. म छैन भनेर खुसी हुनुपर्ने कुनै जरुरत छैन किनकि मिसेस् पाण्डे, मिसेस् कार्की, मिसेस् तिवारी सबै कुन्नि कता टुरमा जाने वाला छन्।
११. चिनी चिया पत्ती कफी माग् नि बहाना लिएर त्यो नखरमाउली छिमेकीको घर जान जरुरी छैन सबै चिज मैले रेलाएर राखिदिएकी छु।
१२. छिमेकी भाउजू लाई दिदी को नजरले हेर्नू पहिला जस्तो हाँसी मजाक ठटेउली गरेको सुने भने के हुन्छ थाहा नै होला।
१३. अगाडि चोक को किराना पसलेको बुहारी उमेरमा तपाईँ भन्दा धेरै सानी छ उसको सानो छोरो जिस्काउने खेलाउने बहानामा केही दायाँ बायाँ हरकत नगर्नु।