
काठमाडौं । आज साउन २५ गते नेपाली सिने उद्योगका चर्चित नायक स्व श्रीकृष्ण श्रेष्ठको स्मृति दिवस । अभिनेता श्रेष्ठको २०७१ साल साउन २५ गते निधन भएको थियो ।
अभिनेता श्रीकृष्ण श्रेष्ठलाई स्मरण गर्दै पत्नी नायिक स्वेता खड्काले निकै भावुक स्टाटस र फोटो सेयर गरेकी छिन् ।
‘यादमा बाँचिरहेको मान्छे साथ नहुँदैमा विलिन भएको भन्न कहाँ मिल्छ र !
मन–मष्तिस्कमा सँधै अमर तिमी । हार्दिक श्रद्दासुमन ।’
उनलाई स्मरण गर्दैै नेपाली फिल्म उद्योगका कलाकारहरुले सामाजिक सञ्जालमा विभिन्न पोस्ट गरेका छन् ।