
बलिउड अभिनेत्री तथा मिस वर्ल्ड इन्डिया २००६ नताशा सुरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
केहिदिन अगाडी पुणेमा गएर आएपछि गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।
एक भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै नताशालाई आफुलाई कोरोना भएको जानकारी दिएकी हुन् ।
“करिब ६ दिनअघि म एक जरुरी कामका कारण पुणे गएको थिएँ ।
त्यँहाबाट फर्केपछि मलाई सञ्चो नभएपछि तीन दिनअघि मैले कोरोना परिक्षण गराएको थिएँ ।
मेरो रिपोर्ट पोजेटिभ आएको छ ” उनले भनिन् ।
नताशा अहिले होम क्वारेन्टिनमा बसेकी छिन् । पुणेबाट फर्किएपछि नताशाकाे शरिर कमजोर भएकाे थियाे ।
तीन दिनअघि मात्र कोरोना परिक्षण गरिएको थियो ।
विपासा बासु र करण सिंह ग्रोभरको फिल्म डेन्जरियसमा सामेल छिन् ।
उक्त्त फिल्मको प्रमोशन गर्न नपाएकोमा उनले दुख व्यक्त्त गरेको छिन् ।