
२५ साउन, काठमाडौं । भक्तपुरको सूर्यविनायकमा कहालीलाग्दो दुर्घटना भएको छ ।
दुर्घटनामा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने २९ वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको हो ।
नगरपालिका-८ जगाती चोकमा सामान बोक्ने पिकअप गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको हो ।
श्रेष्ठले चलाएको बा ६६ प २८१० नम्बरको मोटरसाइकल र बा १९ च ३३८४ नम्बरको गाडी गएराति करिब ८ बजेर ५० बजे आपसमा ठोक्किएका थिए ।
श्रेष्ठलाई उपचारका लागि भक्तपुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा राति पौने १० बजेतिर चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी दीपक गिरीले जानकारी दिए ।