काठमाडौं । बिहिबार एपीवान टेलिभिजनमा फिल्मी पत्रकार प्रकाश सुबेदीले नायीका पुजा शर्मामाथी लक्षित गर्दै एउटा भद्दा टिप्पणी गरेका थिए । उनले कार्यक्रममा बोलेको कुरा पुजा शर्मालाई नै लक्षित गरेको प्रस्ट्र बुझ्न सकिन्थ्यो ।
सुवेदीले नायिकाको नाम नलिए पनि उनको टिप्पणी पूजाप्रति लक्षित रहेको बुझ्न कठिन छैन । केही समयअघि उनले नै पूजाको एउटा अन्तरवार्ता लिएका थिए, जुन सामाजिक सञ्जालमा भाइरल भएको थियो । नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने प्रश्नको पूजाले सही जवाफ दिन सकेकी थिइन् ।
उनले त्यस विषयमा माफी समेत मागी सकेको थिइन् । फेरि त्यही कुरालाई लिएर टेलिभिजन प्रस्तोताले टेलिभिजन कार्यक्रममा पूजामाथि लक्षित गर्दै छुद्र टिप्पणी गरेका थिए । त्यसको भिडियो क्लिप टिकटकमा भाइरल बनेको छ । धेरैले पत्रकार सुवेदीको कटु आलोचना गरिरहेका छन् ।
टेलिभिजन कार्यक्रममा एक प्रस्तोताले आफूमाथि असभ्य टिप्पणी गरेको भन्दै नायिका पूजा शर्माले आक्रोश पोखेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले ‘दारा निस्केको महानायिका’ भनेर आफ्नो मानहानी गरिएको बताएकी छन् ।
हेरौं उनको स्टाटस
उनको समर्थनमा अहिले रिचा शर्मा पनि उत्रिएको छिन् ।