
काठमाडौँको गोंगबुमा टुक्रा-टुक्रा पारेर बाकसमा राखेर श व फालिएको अवस्थामा फेला परेको छ । गोंगवु गणेशस्थानस्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ ।
गोंगबुस्थित गणेशस्थानमा मन्दिरबाट एक सय मिटर भित्र सडकमा सुटकेशमा बन्द गरेको अवस्थामा श व फेला परेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र कालो कपडाको सुटकेशमा श व फेला परेको बताए ।
उनका अनुसार पानीले भिजेको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर आएको थियो। अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।