
काठमाडौं, २४ साउन । नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा एक, वीरगञ्जमा एक र विराटनगरमा एक जनाको कोरोनाका कारण ज्यान गएको छ । काठमाडौं टोखाकी एक महिलाको उपचारकै क्रममा शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वीरगञ्ज र मोरङका दुई व्यक्तिको पनि मृत्यु भएको छ । वीरगञ्जका ७४ वर्षका पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोरङका एक पुरुषको पनि कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।