
काठमाडाैं । काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् ।
संक्रमितहरु काठमाडाैंकाे ५६, ललितपुरकाे ३ र भक्तपुरकाे ३ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ८२२ ललितपुरमा १३७ र भक्तपुरमा ८५ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १०४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले कहाँको भनेर जानकारी नदिए पनि एउटै टोलको आठ जनामा कोरोना संक्रमण भएपछि काठमाडौको हाडीगाउँ शिल गरिएको थियो पछि फेरि कोरोना सङ्क्रमित बढेपछि काठमाडौँको अर्को टोल पनि सिल गरियो सिल गरिएको छ । शुक्रबार रातीबाट न्यूरोड महाबौदलगाएतका क्षेत्रहरु शिल गरिएको छ ।
शनिबार देशभर ३७८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।