नेपाल प्रहरीका पूर्व डिआइजी तथा प्रतिनिधि सभा सांसद नवराज सिलवाल होम क्वारेन्टिनमा बसेका छन् ।
उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमण बढेसंगै सांसद सिलवालले शुक्रबारबाट केही दिन लागि होम क्वारेन्टिनमा बसेका हुन् ।
प्रत्येक दिन विहान ८ बजेदेखि १० बजेसम्म कार्यकर्ताहरुसँग भेटघाट गर्दै आएका सिलवालले केही दिनका लागि उक्त कार्यक्रम पनि रोकेको जानकारी दिएका छन् ।
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकामा पनि तीव्र त्रास फैलिएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, विभिन्न कार्यालय तथा सिंहदरवारभित्रै पनि कोरोना संक्रमण भेटिएको र उपत्यकामा तीब्र जोखिम भएकाले केही समयका लागि सावधानी अपनाएर भेटघाटहरुलाई रोक्नुपरेको सिलवालले बताए।