
सुशान्त सिंह राजपुत र अंकिता लोखण्डे भारतको सिनेमा उद्योग बलिउडमा चर्चित नाम हो ।
टेलिभिजन क्षेत्रको चर्चित नाम हो मानव र अर्चना । जी टिभीबाट प्रसारण भएको “पवित्र रिश्ता बाट यो जोडीको चर्चा घरघरमा भयो ।
उनीहरु रिल र रियल लाईफमा पनि एकदमै नजिक भए । उनीहरु सुशान्त सिंह राजपुत र अंकिता लोखन्डेबाट मानव अर्चना भए । उनीहरुलाई रियल भने रिल नामले चिन्नेहरु धेरै भए ।
बिस्तारै उनीहरुको प्रेम झांगिन थाल्यो ।
उनीहरु सेटमा पनि नजिक हुन थाले । एकजना दुईजना हुदै मानव र अंकिता प्रेममा छन् भनेर व्यापक हल्ला भयो । उनीहरुका फ्यानहरु एकदमै खुशी भए । बिस्तारै मानव टेलिभिजन छाडेर फिल्म क्षेत्रमा फड्को मारे । उनीहरु लिभिङ् टुगेदरमा बस्न थाले । अंकिताले आमाले भन्दा बढी माया गरेर राखिन् । उनीहरुले आफ्नो सानो संसार राम्रोसँग सजाईरहेका थिए । सुशान्तले फिल्म क्षेत्रमा प्रगति गरिरहेका थिए ।
उनीहरु सँगै अवार्ड देखि लिएर भ्याकेसन मनाउन समेत पुग्थे । तर समयले उनीहरुलाई साथ दिएन । उनीहरु फ्यानलाई दुखी बनाउँदै छुट्टिए । अंकिता डिप्रे-शनमा पुगिन् । लामो समयसम्म टिभी तथा साथीहरुबाट टाढा भइन् ।
जुन १४ मा सुशान्तको निधन भएपछि अंकिता लोखण्डे सुशान्तको परिवारको सहारा बनेको छिन् । सुशान्तको निधन पछि पहिलो पटक अन्तर्वार्ता दिदै अंकिताले सुशान्तलाई हिरोको रुपमा सम्झन उनको फ्यानहरुलाई आग्रह गरेको थिइन् । त्यसपछि लगातार सुशान्तको आत्माको शान्ति र उनको न्यायको लागि अंकिताले परिवारलाई साथ दिइरहेको छिन् ।
शनिवार अंकिताले सामाजिक संजाल इन्टाग्राममा एउटा पोष्ट गरिन् जस्ले उनका फ्यानहरुलाई भावुक बनायो । सुशान्तको आमाको फोटो बोकेर उनले लेखेको छिन् , “सायद अब तपाईहरु दुई सँगै हुनुहुन्छ होला” ?
उनको यो पोष्टलाई लिएर फ्यानहरु भावुक भएका छन् । धेरैले सुशान्तसँग टाढिएर बसेको ४ वर्षसम्म पनि सुशान्तको फोटो राखेको भनेर अंकिताको प्रशंशा गरेका छन् ।
लगत्तै सुशान्त सिंह राजपुतको दिदी स्वेता सिंह कृतिले अंकितालाई सम्झाउँदै लेखेको छिन् , हो उहाँहरु सँगै हुनुहुन्छ । धेरै धेरै माया बेबी स्टे स्टोङ्, सुशान्तले न्याय नपाउन्जेल हामी लड्नु पर्छ ।
उनीहरु बीचको यो कुराकानीबाट पनि सुशान्त र उस्को परिवारको लागि अंकिताको माया कति छ भनेर बुझ्न सकिन्छ ।