
काठमाडौं (एजेन्सीको सहयोगमा) । अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ डा। एन्थोनी फाउचीले खोप आए पनि त्यसले कोरोनाबाट सय प्रतिशत नै सुरक्षा दिने सम्भावना नरहेको बताएका छन्।
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डा। फाउचीले खोपले कोरोना हुन नदिने जोखिम केवल ५० देखि ६० प्रतिशतसम्म मात्र घटाउन सक्ने सम्भावना छ।
यसको अर्थ खोप आउँदैमा ढुक्क हुन सकिन्न, खोप आए पनि स्वास्थ्य सुरक्षाका उपाय पालना गरिरहनुपर्ने हुन्छ।
उनले भने, ‘हामीलाई अझै के थाहा छैन भने खोप कति प्रभावकारी हुन्छ ?’
कोरोनाविरुद्ध अहिले विभिन्न देशमा खोप परीक्षण भइरहेको छ।