
काठमाडौं उपत्यकाले १५ दिन नयाँ नागरिकता वितरण, राहदानी वितरण लगायतका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
उपत्यकामा कोरोना भाइरसको संक्रमण व्यापक रूपमा फैलँदै गएपछि १५ दिनका लागि अत्यावश्यकबाहेकका प्रशासनिक कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
यस अवधिमा नयाँ नेपाली नागरिकता वितरण, नागरिता प्रतिलिपि वितरण, हातहतियार दर्ता नविकरण, संस्था दर्ता/पत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु वितरण स्थगित गरिएको जनाइएको छ ।
तर शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्धा सम्बन्धी कार्य, अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने नियमित सञ्चालन हुने बताइएको छ ।
प्रजिअ बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्नेसमेत निर्णय गरेको छ ।
कुन कुन सेवा बन्द
नयाँ नेपाली नागरिकता वितरण
नागरिता प्रतिलिपि वितरण
हातहतियार दर्ता /नविकरण
संस्था दर्ता/पत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धी कार्य
निजी सुरक्षा कम्पनी नविकरण
राहदानी वितरण
नाबालिग परिचयपत्र वितरण
अन्य अत्यावश्यक नभएका सेवाहरु
के के खुला हुन्छ
शान्ति सुरक्षा सम्बन्धी सेवा
ठाडो निवेदन र उजुरी सम्बन्धी
मुद्धा सम्बन्धी कार्य
अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य
विपद् व्यवस्थापन सम्बन्धी कार्य