
नेपालमा ६ वटा जिल्ला कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
संक्रमण मुक्त जिल्ला भन्नाले यी जिल्लाहरुमा यसअगाडी कोरोना संक्रमित थिए तर अहिले सबै निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घन्टामा यी जिल्लाहरुमा नयाँ संक्रमितहरुले फेला परेका छैनन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।
महोत्तरी, पर्सा, रौतहट, काठमाण्डौमा भने पाँच सयभन्दा बढी संख्यामा सक्रिय कोरोना संक्रमितहरु रहेका छन् । । आज मात्र काठमाडौं जिल्लामा ९२ नयाँ कोरोना संक्रमित भेटिएका हुन् ।
सरकारले २ सय भन्दा बढी संक्रिय कोरोना संक्रमित रहेका जिल्लासहित काठमाडौं उपत्यकामा बिहिबारबाट लागू हुने गरी नीजि तथा सार्वजनिक सवारीसाधनहरुमा जोर विजोर प्रणाली लागू गरेको छ ।