आन्तरिक राजस्व विभागले मुल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले २०७७।०७८ सालको खरिद बिक्री खाता प्रमाणित गर्ने समय थप गरेको छ ।
विभागले वेवसाइटमा एक सूचना राख्दै आर्थिक वर्ष २०७७।०७८ का लागि मासिक/ द्विमासिक/ चौमासिक कर विवरण बुझाउने करदाताको खाता प्रमाणित गर्ने म्याद २०७७ पुष मसान्त सम्म कायम गरिएको जनाएको छ ।
यसअगाडी मासिक कर विवरण पेश गर्ने करदताले श्रावण महिना भित्र र चौमासिक कर विवरण पेश गर्ने करदाताले कात्तिक महिना भित्र खाता प्रमाणित गर्नुपर्ने व्यवस्था थियो । उक्त समयभित्र खाता प्रमाणित नगरेमा १० हजार जरिवाना तिर्नुपर्दथ्यो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गर्दै म्याद थप गरिएको आन्तरिक राजश्व विभागले जनाएको छ ।