
विराटनगरको कोशी अस्पतालमा आज बिहान निधन भएका पुरुषमा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान उपचारका लागि अस्पताल पुगेका व्यक्तिको मृत्यु भएको थियो ।
५८ वर्षीय ती पुरुषमा एकसाता देखि सामान्य ज्वरो आएको र आज एक्कासी श्वास फेर्न समस्या परेपछि अस्पताल भर्नाका लागि लगिएको थियो ।
स्वाब परीक्षण गर्दा उनको नतिजा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा.चुमनलाल दासले बताए ।
मृतकको श व व्यवस्थापनाको लागि आवश्यक प्रक्रिया शुरु गरिएको छ ।
कोशी अस्पतालमा यसअघि कोरोनाबाट संक्रमित भएका ३ जनाको मृत्यु भइसकेको छ ।
आज थप एकजनाको ज्यान गएसँगै कोशीमा चारजनाको मृत्यु भईसकेको छ भने एक जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
मोरङमा मात्रै संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । विराटनगरका ३, रंगेली १ र सुनवर्षीका १ जनाको मृत्यु भईसकेको हो ।