
अत्यन्तै दुख गरेर संगित सिकेकी नेहा कक्कडको स्वरमा जादु नै छ । उनको बुबा समोसा व्यापारी थिए ।
उनीहरु अत्यन्तै दुख पीडा सहेर हुकिएका थिए । उनी एक गरिब परिवारबाट आए पनि उनको स्वरको जादुले आज उनी बलिउडको प्रसिद्ध गायीकाको रुपमा परिचित छिन् । उनले इन्टाग्राममा आफ्ना दुखका कहानीहरु समेत शेयर गरेकी थिइन् ।

ऋषिकेषमा जन्मेकी नेहाले ५ जनाको परिवार एउटै कोठामा बस्ने गरेको बताएकी छिन् । एउटा कोठाको हाम्रो घर थियो, आमाले एउटा टेवललाई किचन बनाउनु भएको थियो । जहाँ बसेर हामी पुरा परिवार खाना खाने गर्थिम ।
तपाईहरु आश्चर्यमा पर्नुभयो हैन, त्यो घर पनि नेहाको आफ्नो थिएन । उनीहरु त्यहाँ भाडामा बस्ने गर्थे ।
उनका बुबा समोसा बेच्थे भने आमा उनीहरुलाई लिएर मन्दिरमा भजन गाउँन बस्थिन् ।
नेहा सोनु र टोनी तीन जना सन्तानमा नै स्वरको जादु रहेको कुरा थाहा पाएपछि उनका परिवारले उनीहरुलाई रेल मन्दिर तथा बाटोमा गीत गाउँन लगाउँथे र त्यही पैसाले आफ्नो जीविकोपार्जन गर्थे ।