
काठमाडौं । केही समय पहिले मात्रै दर्शक स्रोतामाझ फरक शैलीको रक पप ‘यात्रा’ पस्किएकी गायिका लक्ष्मी हमाल अब डोयट ‘आईटम’गीत लिएर बजारमा आउँदै छिन् ।
शुक्रबार मात्रै उनको आफ्नै शब्द संगीतमा ‘डोयट आईटम सङ’ ‘‘दिन पनि रातसँग…’’को रेकर्ड भएको छ । रेकर्ड भएको यो गीत म्युजिक भिडियोसहित चाँडै बजारमा आउँदै छ ।
‘यात्रा’ र ‘के हुँदैछ आजभोलि’को म्युजिक भिडियो ‘दमदार’बनेको छ । जसमा र्यापर हस्ती निर्णय एनएसकेलाई समेत देख्न सकिन्छ ।
यो गीतमा ‘फिमेल’ भोकल लक्ष्मी आफैँले रेकर्ड गराएकी छन् भने ‘मेल’ भोकल रक पपमा दरिएका गायक सपन श्रेष्ठले दिएका छन् । ‘दिन पनि रातसँग ढल्किँदै छ, हेर न हेर ए मेरो ह्याण्डसम जवानी मेरो मस्त–मस्त छ’’भनिएको यो आईटम गीतले अहिलेको नयाँ पुस्तालाई जीवन प्रेमिल बनाऔँ, तनाव नलिऔँ, हाँसी खुसी जीवन बिताऔँ भन्ने सन्देश दिन खोजेको छ ।
यसअघि बजारमा आएको ‘यात्रा’मा पनि लक्ष्मीले हिँड्दा हिँड्दै वित्ने जीवन रमाएर जिउनु पर्छ भन्ने भाव पोखेकी थिईन् ।
लक्ष्मीको रक पप ‘यात्रा’ हेर्ने सुन्नेले निकै प्रशंसा गरे । त्यो भन्दा अगाडि ‘के हुँदैछ आजभोलि’ले पनि निकै सफलता पायो ।

‘यात्रा’ र ‘के हुँदैछ आजभोलि’को म्युजिक भिडियो ‘दमदार’बनेको छ । जसमा र्यापर हस्ती निर्णय एनएसकेलाई समेत देख्न सकिन्छ ।
अब चाँडै बजारमा आउने ‘दिन पनि रातसँग…’को म्युजिक भिडियो अझ दमदार हुने गायिका लक्ष्मीले बताएकी छन् ।