काठमाडौं-नेपालभर वितेको २४ घन्टामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशभर रहेका प्रयोगशालामा ७ हजार ९ सय २६ जनाको नमूना परिक्षण गर्दा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।
निको हुनेको संख्या पनि उल्लेख्य रहेको छ । विगत २४ घन्टामा ४ सय २५ जना कोरोना संक्रमित निको भइसकेका छन् योसँगै निको हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप ५ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ्गमा जानकारी दिए ।
हालसम्म ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
भारतीय सीमा क्षेत्रमा कोरोनाकाे संक्रमण फैलिएको हुँदा साबधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ । काठमाडौं उपत्यका लगायत घना बस्ती भएका क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्न मन्त्रालयले अनुरोध गरेको छ ।