
छिमेकी मुलुक भारतमा वितेको २४ घन्टामा ६२ हजार भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।
वर्लडमिटर डटइन्फोमा उपलव्ध तथ्यांक अनुसार वितेको २४ घन्टामा भारतमा ६२ हजार १ सय ७० नयाँ संक्रमित थपिएका छन् भने ८ सय ९९ जनाले यही भाइरसको कारण ज्यान गुमाएका छन् ।
अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २० लाख ३० हजार १ जना पुगेको छ भने ४१ हजार ६ सय ७३ जनाले ज्यान गुमाइसकेका छन् ।
संक्रमित २० लाख नाघ्दा १३ लाख ७८ हजार भन्दा बढी निको भइसकेका छन् । अहिले भारतका विभिन्न अस्पताल र आइसोलेसन केन्द्रमा ६ लाख ९ हजार भन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
संक्रमित संख्याको आधारमा विश्वकै तेस्रो स्थानमा रहेको भारत र नेपालको खुला सिमानाले गर्दा नेपालमा पनि संक्रमितहरु बढीरहेको पाइएको छ । नेपालको सीमावर्ती जिल्लाहरुमा संक्रमितहरुको ग्राफ दैनिक उकालो लागिरहेको छ ।
नेपाल सरकारले अन्तराष्ट्रिय सीमा नाकाहरु बन्द गरेपनि लुकुछिपी भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने मानिसहरुको संख्या उल्लेख रहेको पाइएको छ । यसले समुदायस्तरमा कोरोना फैलाउन सक्ने जनस्वास्थ्य विज्ञहरुले बारम्बार बताउँदै आइरहेका छन् ।