
उपत्यकामा संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले अत्यावश्यक बाहेका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार तीनवटै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरिएको बताए । उनले भने अन्य सरकारी कार्यालयहरुको हकमा कार्यालय प्रमुखले निर्णय गरेर तय गर्न सक्नेछन् ।
त्यस्तै बैठकले जोरबिजोर प्रणालीलाई पनि कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।
सरकारले काठमाडौं उपत्यका लगायत २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा चल्ने नीजि तथा सार्वजनिक सवारीसाधानमा जोर विजोर लागू हुने निर्णय गरेको छ ।
ट्राफिक प्रहरीका प्रवक्ता एसपी बामदेव गौतमले दिएको जानकारी अनुसार शुक्रबार जोरबिजोर उल्लंघन गर्ने ५ सय ४४ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका भित्रबाट नियन्त्रणमा लिइएको छ ।
जस मध्ये ४ सय १५ ओटा दुई पाङग्रे र बाँकी चार पाङग्रे सवारी साधन रहेका छन् ।